आफूलाई प्रधानमन्त्रीबाट हटाएकोमा ओली अझै असन्तुष्ट, देउवालाई एमसीसीबारे प्रश्न गरे

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ५६


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई प्रधानमन्त्री पदबाट हटाएकोमा अझै अदालतसँग असन्तुष्ट देखिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अदालतको उक्त फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन।’

हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका पूर्व प्रधानमन्त्री ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे।

सो क्रममा उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

संसद बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाए।


प्रतिक्रिया दिनुहोस्