राष्ट्रिय सभामा सांसदले सोधेः चुच्चे नक्साको भूभाग नेपालले पाउँछ? भारतसँग कहिलेसम्म झुक्ने?

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ३०


मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले नेपालको नयाँ चुच्चे नक्सा तथा भारतीय सीमा सुरक्षा बलले महाकालीमा गरेको ज्यादतीको बारेमा सरकारसँग प्रश्न गरेका छन्।

उनीहरुले नेपालको नयाँ चुच्चे नक्सामा समेटिएको लिपुलेक र लिम्पियाधुरा नेपालले कहिले फिर्ता पाउँछ भन्दै प्रश्न गरे भने भारतीय एसएसबीले तुइन काटिदिएपछि महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्दै भारतको ज्यादतीविरुद्ध कहिलेसम्म झुक्ने भन्दै प्रश्न गरेका थिए।

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपालीलाई महाकाली नदीमा बगाएको घटनाबारे सरकरले शिर ठाडो पारेर बोल्न नसकेको आरोप लगाइन्।

उनले भनेकी छिन्, ‘अब भारतसँग आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार?’

यस्तै नेकपा एमालेका सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब उक्त भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताइएकी छिन्।

सांसदहरुले सम्पूर्ण विद्यार्थीलाई तत्काल खोप प्रदान गरेर परीक्षामा सहभागी गराउनुपर्ने पनि बताएका थिए।


प्रतिक्रिया दिनुहोस्