पीके क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीले ‘खोप बिना परीक्षा नदिने’ भन्दै थाले प्रदर्शन

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ०६


काठमाडौंको पद्मकन्या क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीहरुले प्रदर्शन थालेका छन्।

मंगलबार बिहान क्याम्पसको गेट बाहिर बसेर उनीहरुले खोप नलगाएसम्म परीक्षा नदिने भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले चाँडै सबै विद्यार्थीलाई खोप सुनिश्चित गरेर मात्र परीक्षा संचालन गर्न माग गरेका छन्।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू र प्रहरीबीच धक्कामुक्की पनि भएको छ। सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार पीके क्याम्पसमा बीबीए, बीआर्इएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा हुँदैछ। परीक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुँदैछ।

प्रहरीले प्रदर्शन गर्नेहरुलाई हटाएको छ। विद्यार्थीहरुले भौतिक उपस्थितिमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकोले परीक्षा सार्न माग गरिरहेका छन्। यद्यपी त्रिविले भने भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ।


प्रतिक्रिया दिनुहोस्