गरिबले पढ्न पाउनुपर्छ भन्दै विद्यार्थीले लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड गरे

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ५१


बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा उक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त क्याम्पसमा तोडफोड मच्चाएका हुन्।

उनीहरुले क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका छन्।

गरीब विद्यार्थीलाई सुलभ शुल्कमा एमबीएस पढ्नबाट वञ्चित गरी निजीमा पठाउने वा महंगो शुल्कमा एमबीएस एफ र एमबीए एमएफ पढ्न बाध्य पार्ने सुनियोजित चालबाजी चलेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।

यसअघि साउन ८ गते नै चार विद्यार्थी संगठनले एमबीएस कार्यक्रम नहटाउन माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्