भारतमा १४७ दिनयताकै कम संक्रमण, निको हुने दर ९७ प्रतिशत

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ११


भारतमा गएको २४ घण्टामा २८ हजार २०४ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

संक्रमितको यो संख्या १४७ दिनयताकै सबैभन्दा कम भएको बीबीसीहिन्दीले जनाएको छ।

सोही अवधिमा भारतमा ३७३ जनाको मृत्यु भएको छ। यस्तै भारतमा निको हुने दर ९७ दशमलब ४५ प्रतिशत भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा गएको २४ घण्टामा ४१ हजार भन्दा बढी कोरोनामुक्त भएको पनि बताइएको छ।

भारतमा हालसम्म ३ करोड २० लाखभन्दा बढीका कोरोना देखिएको छ। संक्रमितमध्ये ४ लाख २८ हजारको मृत्यु भइसक्दा ३ करोड ११ लाख ८० हजार कोरोनामुक्त भएका छन्।

हालसम्म भारतका ५१ करोड ४५ लाख मानिसले कोरोना खोप लगाइसकेको पनि जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्