थनबर्गले फेसन पत्रिकासँग दिएको अन्तर्वार्तामा फेसन उद्योगकै आलोचना गरिन्

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ५३


स्वीडेनकी प्रख्यात पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग वातावरण सम्बन्धी विषयमा आफ्नो धारणा राखिरहन्छिन्।

यसबीचमा हालै उनलाई फेसन सम्बन्धी चर्चित अमेरिकी पत्रिका भोगले अन्तर्वार्ता लिएको छ।

उनले उक्त फेसन पत्रिकासँगको अन्तर्वार्तामा फेसन उद्योगकै कडा आलोचना गरिन् र वातावरण प्रदूषण हुनुमा फेसन उद्योग पनि जिम्मेवार भएको बताइन्।

१८ वर्षकी थनबर्गले फेसन ब्रान्डका उत्पादनहरुका कारण वातावरण दूषित भएको उल्लेख गरिन्।

उनका अनुसार चाँडै परिवर्तन हुने फेसन, हरेक मौसममा परिवर्तन हुने कपडा, कपडा बनाउन प्रयोग हुने मेसिनका कारण प्रदूषण फैलिरहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा सबैभन्दा बढी प्रदूषण फैल्याउने उद्योग फेसन उद्योग नै हो।

बीबीसीका अनुसार भोगले आफ्नो स्वीडेनी संस्करणमा ग्रेटाको कभर फोटो राखेको छ।


प्रतिक्रिया दिनुहोस्