तालिबानको कारबाहीमा तीन दिनमै २७ बालबालिकाको मृत्यु, युद्धविरामको आह्वान अस्वीकार

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ३०


तालिबान समूहको कारबाहीमा गएको तीन दिन भित्रै २७ अफगानी बालबालिकाले ज्यान गुमाएको युनिसेफको अध्ययनले जनाएको छ।

सोही अवधिमा १३६ बालबालिका गोलाबारीका कारण घाइते भएको पनि उल्लेख गरिएको छ।

बालबालिकाको हितको लागि काम गर्ने संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार हाल सरकारी सेना र तालिबानबीच भइरहेको लडाइँ ‘बच्चाविरुद्धको गम्भीर हिंसा’ हुन्।

युनिसेफले बालबालिको दिन प्रतिदिन ज्यान गइरहनु चिन्ताको विषय भएको जनाएको छ। उसले अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार द्वन्द्वग्रस्त क्षेत्रका सबै बालबालिकाको संरक्षण र अधिकार सुरक्षित गरिनुपर्नेमा जोड दिएको छ।

केही महिनायता अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच भिडन्त भइरहेको छ। अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु स्वदेश फर्कन थालेपछि हिंसा चर्किएको हो।

अन्तर्राष्ट्रिय समुदायबाट द्वन्द्व रोक्न आह्वान भएता पनि तालिबानले कसैको आग्रहलाई सुनेको छैन।

उसले अहिलेसम्म अफगानिस्तानको ६ वटा प्रान्तीय शहर कब्जा गरिसकेको छ। बीबीसी

यो पनिः छैठौं प्रान्तीय राजधानी पनि तालिबानको कब्जामा, संकटमा अफगानिस्तान


प्रतिक्रिया दिनुहोस्