देउवा सरकारलाई व्यंग्य गर्दै ओलीले भनेः भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ३२


पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान र टुक्कामा निकै माहिर छन्।

उनी आफ्नो भाषणमा आफूले जानेजति उखान र टुक्का प्रयोग गरेर उपस्थित व्यक्तिहरुलाई हँसाउन सक्छन् भने आफ्नो विरोधीलाई व्यंग्य गर्नसक्छन्।

आज एमाले केन्द्रिय कमिटीको बैठकमा ओलीले उखान र टुक्काको प्रयोग गरेनन् तर प्यारोडी सुनाएर आफ्नो विरोधीको व्यंग्य गरे।

पछिल्लो समय आफ्ना पालामा भएको कामको विरुद्धमा देउवा सरकार लागेको बताउँदै उनले जनताले अहिलेको सरकारबारे गीत लेखिसकेको बताए।

त्यसपछि उनले भनेका थिए,‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाल, बन्द गर ओली याद आउने सबै चिजहरू।’


प्रतिक्रिया दिनुहोस्