सोमबार ३ हजार ६५१ नयाँ संक्रमित थपिँदा थप २२ को मृत्यु

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ११


नेपालमा गएको २४ घण्टामा थप ३६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोही अवधिमा यहाँ २२ जनाको कोभिड संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल सङ्ख्या सात लाख १७ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,११५ पुगेको छ।

सोमबार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १६,५९४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,१४९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको थियो।

अहिले कुल परीक्षणको २२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्