मन्त्रिपरिषदको निर्णयः परराष्ट्रका तीन उपसचिवको बढुवा, सरकारी कर्मचारीको तलबमान स्वीकृत

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ०२


सोमबारको मन्त्रिपरिषद बैठकले सरकारी कर्मचारीको नयाँ ततलबमानलाई स्वीकृत गरेको छ। यस्तै सरकारले परराष्ट्र मन्त्रालयका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।

यी सरकारी कर्मचारीको तलब २ हजारले बढेको हो।

यसैगरी बैठकले परराष्ट्र सेवाका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल तथा तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गरेको पनि सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारीका छन्।

त्यस्तै साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सचिवमा पदस्थापना गर्ने पनि तयारी भएको छ।


प्रतिक्रिया दिनुहोस्