आफूलाई जिस्क्याउने प्रधानाध्यापकलाई लखट्दै चप्पले हिर्काइन् यी शिक्षिकाले (भिडिओ)

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ५४


भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा एक शिक्षिकाले विद्यालयको प्रधानाध्यापकलाई खेदी–खेदी चप्पलले हिर्काएकी छिन्।

जिस्क्याउने र यौन दुर्व्यवहारको गतिविधि दोहोर्याउँदै लागेपछि ती महिला शिक्षिकाले विद्यालय परिसरमै प्रधानाध्यापकलाई लखेटेर चप्पलले हिर्काएको भारतीय संचार माध्यमले जनाएका छन्।

यो घटनाको भिडिओ र फोटो पनि सार्वजनिक भएको छ जहाँ महिला शिक्षिकाले प्रधानाध्यापकलाई लखेटेको देख्न सकिन्छ।

समाचारका अनुसार प्रधानाध्यापकले शिक्षिकाको हात पक्रिएर भनेको मान्न आग्रह गरेका थिए।

तर शिक्षिकाले प्रतिरोध गर्दै प्रधानाध्यापकलाई चप्पलले हिर्काएकी हुन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्