मान्छेकै जस्तो दाँत भएको अचम्मको माछा भेटियो, मुख खोल्दा हाँसेको जस्तै देखियो

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ३ : ४२


संसारमा अचम्मका जीवहरु भेटिन्छन्। यसबीचमा अमेरिकामा एउटा यस्तो माछाको प्रजाति भेटिएको छ जसको दाँत हामी मान्छेको जस्तै छ।

अमेरिकाको नर्थ क्यारोलिनामा माछा मार्ने व्यक्ति नाथन मार्टिनले यसै महिनाको ३ तारिखमा उक्त अजीव माछा भेटेका हुन्।

सो माछा सिप्सहेड फिस प्रजातिको भएको वैज्ञानिकहरुले बताएका छन्। सो माछाको दाँत मान्छेको जस्तै हुन्छ भने त्यसले मुख खोल्दो सो माछा हाँसेको जस्तै देखिन्छ।

त्यो माछाले लेउ र समुद्री घाँस खाने बताइएको छ। सो माछा ३ फिटसम्म लामो हुन्छ।

उक्त माछाको फोटो भाइरल भएपछि मानिसहरुले त्यो माछाको दाँत आफ्नो भन्दा मिलेको भनेर रमाइलो प्रतिक्रिया जनाइरहेका छन्। इन्डिया टुडे

 


प्रतिक्रिया दिनुहोस्