कोरोनाको खोप धनी–गरिब सबैलाई पुग्नुपर्छ, सबै मिलेर अगाडि बढौंः सी

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ३६


कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सी चिनपिmङले अन्तर्राष्ट्रिय समुदायलाई एक भएर अगाडि बढ्न आग्रह गरेका छन्।

उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन्।

उनले धनी, गरिब हरेक राष्ट्रका नागरिकले कोरोनाको खोप लगाउन पाउनुपर्नेमा जोड दिएका छन्।

सीले भनेका छन्,“अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ।”

‘अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्छ’ उनी भन्छन्।

सीका अनुसार चीनले विश्वका कम्तीमा एक सय देशलाई खोप अनुदान दिएको जानकारी दिए। उनका अनुसार चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात पनि गरिसकेको छ।

हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उनको भनाई छ। रासस

 


प्रतिक्रिया दिनुहोस्