विद्युत प्राधिकरणमा कुलमानलाई चाँडै ल्याउन मन्त्री भुसालले थालिन् कसरत

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : २६


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न केही समय अगाडि मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई प्रक्रिया थाल्न निर्देशन दिएका थिए।

जसका कारण प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने निश्चित भइसकेको छ।

मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेकी थिइन्।

तर शाक्यले राजीनामा नगर्ने, सरकारले कुनै जिम्मेवारी दिएमात्र पदबाट राजीनामा दिने अडान लिएका छन्।

यसबीचमा मन्त्री भुसालले शाक्यलाई तत्काल हटाएर कुलमानलाई चाँडै प्राधिकरणमा ल्याउने तयारी थालेकी छिन्।

उनले कुलमानलाई नियुक्तिको प्रस्ताव सोमबार ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागेकी छिन्।

कुलमन पुनः प्राधिकरणमा आउने भएपछि नेपालका अधिकाँश मानिसहरु खुशी भएका छन्। तर शाक्यलाई पनि राम्रो जिम्मेवारी दिइनुपर्ने पनि माग उठेको छ।


प्रतिक्रिया दिनुहोस्