सुरु भयो एमाले स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : १२


नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा सुरुवात भएको छ।

हिजोका लागि तय गरिएको यस बैठक असन्तुष्ट पक्षलाई सहभागी गराउने प्रयत्न गर्ने भन्दै आजका लागि सारिएको थियो।

अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेको यस वैठकले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ।


प्रतिक्रिया दिनुहोस्