एप्पल वाचका कारण यसरी मृत्युको मुखबाट जोगिए यी युवा…

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ०३


एप्पल वाच अर्थात् एप्पल कम्पनीको घडीका कारण फेरी अर्का एक व्यक्तिको ज्यान जोगिएको छ।

एप्पल इन्साइडरका अनुसार एप्पल वाचमा हुने आपतकालीन सेवा फिचरबाट मृत्युको मुखमा पुगेका अमेरिकी युवाको ज्यान जोगिएको हो।

२५ वर्षिय ब्रान्डन स्नाइडर हालै पेट दुख्ने र मिर्गौला पत्थरी रोगबाट पीडित भएका कारण अस्पताल गएका थिए।

उनी शौचालयमा गएका थिए। शौचालयमै लडेर बेहोस भएपछि एप्पल वाचले उनी अचेत भएको थाहा पाएर आपतकालीन टोलीलाई सचेत गरायो जसका कारण उनको ज्यान जोगियो।

उनले भनेका छन्,‘म शौचालयमा गएपछि हात धोइरहेको थिए र आफूलाई केही नराम्रो भइरहेको महसुस गरेको थिएँ, बेहोस भएपछि के भयो केही याद छैन।’

जब ब्रान्डन भुइँमा लडे एप्पल वाचमा भएको ‘फल डिटेक्सन’ फिचरले उनी लडेको थाहा पायो र आपतकालीन सेवालाई सचेत गराउनुको साथै ब्रान्डनका बुबालाई पनि मेसेज पठायो।

एप्पल वाचका कारण ब्रान्डनको उपचार समयमै भयो। हाल मस्तिष्कको शल्यक्रिया गरेपछि उनको होस खुलेको छ।


प्रतिक्रिया दिनुहोस्