ओलम्पिकको शीर्ष स्थानमा अमेरिकालाई जित्न सकेन चीनले, यस्तो छ सूची…

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : १२


जापानको राजधानी टोकियोमा आयोजित सन् २०२० को ओलम्पिक प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

गतवर्ष नै आयोजना हुने भनिएको यो खेलको महासंग्राम कोरोना भाइरसका कारण यसवर्षको लागि धकेलिएको थियो। यसवर्ष कोरोनाको चेतावनी बाबजुद पनि ओलम्पिक आयोजना भयो।

प्रतियोगितामा सबैभन्दा बढी धेरै पदक जित्ने र स्वर्ण जित्ने टोली अमेरिका बन्यो। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित पुरा ११३ वटा पदक हात पार्यो।

सुरुवाती चरणमा चीनले पदक तालिकामा अग्रता काय गरेपनि अन्तिम समयमा अमेरिकाले चीनलाई उछिनेको हो।

चीन पदक तालिकाको दोस्रो स्थानमा भने रहन सक्यो। चीनले यसपटक ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक हात पार्यो।

यस्तै आयोजक जापान तेस्रो स्थानमा आउन सफल भयो। जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक हात पार्यो।

चौथों स्थानमा रहेको बेलायतले २२ स्वर्णसहित ६५ पदक जित्यो यस्तै रुसले २० स्वर्णसहित ७१ पदक जित्यो।

तर यसपटक रुसको नाम ओलम्पिकमा कहीँ देख्न पाइएन्। डोपिङका कारण रुसलाई प्रतिबन्ध लागेको हो। तर रुसका खेलाडीले रसियन ओलम्पिक कमिटी आरओसीको नामबाट खेलेरै राम्रो प्रदर्शन गरे।

No description available.


प्रतिक्रिया दिनुहोस्