एमाले बैठक साउन २५ गते , बैठक नसारिए पार्टी फुट्ने चेतावनी !

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ५६


नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षलाई उपस्थित गराउन बैठक सारिएको भएता पनि उक्त पक्ष भने बैठकमा उपस्थित नहुने भएको छ । उक्त समूहले बैठक नसारिए पार्टी फुट्ने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्