पिपुल्स भोलेन्टियर्सद्धारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : ४१


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ ।

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका संयोजक सञ्जीव राईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सूरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा संचालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पु¥याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनु भयो । अभियानमा असंगठित अवस्थामा रहेका युवाहरुलाई पनि स्वयमसेवी रुपमा परिचालन गरिनेछ ।

 

 


प्रतिक्रिया दिनुहोस्