राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, स्थगित होला त कक्षा १२ को परीक्षा?

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : २३


राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने बताइएको छ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेपछि आवश्यक निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो।

कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको थियो।

वैशाखमा हुँदै आएको कक्षा १२ को परीक्षा गत वर्षदेखि नियमित हुन सकेको छैन। यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका थिए।


प्रतिक्रिया दिनुहोस्