बालाजुस्थित नेबिको बिस्कुट उद्योगमा भीषण आगलागी

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ५३


बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको छ। शनिबार बिहान बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ।

शनिबार बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीमा तयारी सामग्री र कच्चा पदार्थ जलेर नष्ट भएपनि के कति क्षति भयो भन्नेबारे जानकारी आइसकेको छैन।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्