प्रधानमन्त्रीको सचिवालयप्रति कांग्रेस महामन्त्रीको आक्रोश- भिडियाे गाईजात्रा तत्काल बन्द गर्नुस्

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ३१


नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयप्रति आक्रोश पोखेका छन्।

देउवा प्रधानमन्त्री निर्वाचित भएसँगै उनको सचिवालयले ‘मलाई देउवा यसकारण मन पर्छ’ भन्ने विषयमा केही भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा राख्ने गरेको छ।

जहाँ देउवाको व्यापक प्रसंशा गरिएको छ। जसका कारण देउवा आत्मरतिमा रमाउन खोजेको भन्दै उनको आलोचना हुन थालेको छ। साेही प्रसंगमा कांग्रेस महामन्त्री खड्काले जीवनकाे हरेक क्षण देश,जनता र लाेकतन्त्रका लागि समर्पण गरि जनताका बीचमा देउवाका विषयमा सामाजिक सञ्जालमार्फत् सुरु गरिएकाे ‘भिडियाे गाईजात्रा’ तत्काल बन्द भनेका छन्।

खड्का कांग्रेसमा देउवानिकट हुन्। उनी हाल सरकारको न्यूनतम  साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलका संयाेजक समेत हुन्।


प्रतिक्रिया दिनुहोस्