राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ९ : १४


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले  बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच उक्त भेट नियमित भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्