गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता, के भयो कुराकानी?

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५७


गृहमन्त्री बालकृष्ण खााँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मंगलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाँणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरे ।

गृहमन्त्री खाणँले भेटमा संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्