सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : २९


सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्कासन हुने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कूल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत् बिक्री गर्न लागेको हो।

साउन २४ गतेसम्म आईपीओमा आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ।

जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको थियो।


प्रतिक्रिया दिनुहोस्