बङ्गलादेशमा पाँच दिनका लागि लकडाउन थपियो

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ०१


ढाका । बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।

सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए।के।एम। मोजमेल हकले बताउनुभएको छ ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उहाँले बताउनुभयो ।

उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उहाँले बताउनुभयो । जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्