ओलीले नियुक्त गरेका गुरू भट्टराईलाई हटाउने तयारी, सरकारले सोध्यो स्पष्टीकरण

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ३१


काठमाडौं । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।

विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने भट्टराईलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्