जङ्गी अड्डामा प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : २४


प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नु भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्