आज ३३८३ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ५९


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,३८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १० हजार ६३८ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन्।

यसैगरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंका ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना छन।

 


प्रतिक्रिया दिनुहोस्