पूर्वनिर्धारित परीक्षा तालिका अनुसारनै हुन्छन : त्रिवि

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४१


काठमाडौं । सोमबारस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढेको भन्दै हाल भइरहेका परीक्षा र विश्वविद्यालयका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयसँग् परामर्श गर्ने बताएका थिए।

मन्त्री श्रेष्ठको सो घोषणा पछि विद्यार्थीहरुमा अन्यौल छ। यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने स्पष्ट पारेको छ।

पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ।

कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताए।


प्रतिक्रिया दिनुहोस्