उपत्यकामा १ हप्ताका लागि थपियो निषेधाज्ञा (सूचीसहित)

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : २३


काठमाडौैं । काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले मंगलबार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो।

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ। के के गर्न पाइन्छ?

तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्