अघिल्लो सरकारका जनविरोधी काम देउवा सरकारले खारेज गर्नुपर्छ : झाँक्री

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ०५


काठमाडौं । सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताएकी छन।

आजको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले भनिन्–सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ। यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा विक्रि गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डलपनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहान्छु।

सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिडाउने दायित्व रहेको पनि बताइन्।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन्।


प्रतिक्रिया दिनुहोस्