नेप्से हालसम्मकै उच्च बिन्दुमा, माइक्रोफाइनान्स र हाइड्रोमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ४५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २६ अंकले बढेर ३१११.०९को बिन्दुमा बजार बन्द भएको छ।

यो हालसम्मकै उच्च बिन्दु हो। यसदिन नेप्सेमा ११ अर्ब बढीको कारोबार भएको छ।

यसअघि नेप्सेले ३०९४.९५ विन्दुको नयाँ रेकर्ड बनाएको थियो।

मंगलबार उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ।

मंगलबार लघुवित्त कम्पनी र हाइड्रोपावरमा नै लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यस दिन माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.८५ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक समेत २.०४ प्रतिशतले बढेको छ।

आज अपि पावर कम्पनीको सबैभन्दा धेरै ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ङादी गु्रप पावरको ४३ करोड ३२ लाख, फस्ट माइक्रोफाइनान्सको ३३ करोड ८६ लाख, स्वाबलम्बन लघुवित्तको ३० करोड र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्