कोरोना संक्रमित बढेपछि टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : २३


काठमाडौं । पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएको अधिकारीहरुले बताएका छन।

कोरोना बढेपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ।

अस्पताल प्रशासनले आइतबार एक सूचना निकालेर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ।

कोरोना संक्रमित बढ्दै गएपछि खोपका सम्पूर्ण कार्यक्रम बन्द गरिएको अस्पतालले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस्