आजदेखि निषेधाज्ञामा कडाइ, भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना गरिने

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ०९


काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा कडाइ गर्न थालिएको छ। कोरोना संक्रमण बढ्दै जान थालेपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको हो।

सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले गठन गरेको सहायक सीडीओ संयोजकत्वको निषेधाज्ञा अनुगमन समितिले आजदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्ने भएको छ।

सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानुनी कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

अहिले जारी निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ। त्यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)सँग बैठक गर्ने तयारी गरेका छन्।

सीसीएमसीको सल्लाहको आधारमा अघि बढ्ने काडमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।


प्रतिक्रिया दिनुहोस्