कक्षा १२ को परीक्षा स्थगित भएको छैन : बोर्ड

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३७


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको निर्णय भै नसेको जनाएको छ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै जाँदा आगामी परीक्षाबारे शिक्षा मन्त्रालयसँग परामर्श गरेर निर्णय लिने बताएपछि विद्यार्थी अन्यौलमा परेका छन।

बोर्डले हालसम्म कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ। विद्यार्थी अन्योलमा नपर्न र परीक्षाको तयारीमा जुट्न बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्