एमालेमा गएका माओवादी नेताहरुको सांसद पद जोगाउन सर्वोच्चद्वारा अस्वीकार

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ४८


काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द) छाडेर नेकपा एमालेमा गएका माओवादी सांसदको खोसिएको पद फिर्ताका लागि गरिएको मागमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कारवाही विरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले कारबाही फिर्ता गरी सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्