नेप्सेमा झिनो अंकको वृद्धि, फस्ट माइक्रोफाइनान्स सहित ३ कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ४९


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४ अंकले बढेको छ।

नेप्से परिसूचक ४.०६ अंक बढेर ३०८५.०७ विन्दुमा बजार बन्द भएको छ।

त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ०.३ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

यस दिन नेप्सेमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज फस्ट माइक्रोफाइनान्स ग्रामीण विकास लघुवित्त र घलेम्दी हाइड्रोपावरको मूल्य सर्वाधिक बढेको छ।

कारोबारमा आएका माउन्टेन इनर्जी र नेपाल हाइड्रोको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ।

यी हुन आज धेरै कमाउने १० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्