कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न प्रस्ताव

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : १८


काडमाडौं । विद्यार्थीहरु कोरोना संक्रमित बन्न थालेपछि सरकारले कक्षा १२ सहित सबै परीक्षा रोक्ने तयारी गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ कक्षा १२ सहितका सबै परीक्षा स्थगित गरि आन्तरिक मुल्यांकनका आधारमा परीक्षाको नजिता निकाल्नुपर्ने पक्षमा छन।

सोमबार आयोजित भर्चुअल गोष्ठीमा मन्त्री श्रेष्ठले कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय लिइने जानकारी दिए।

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ।

जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो।


प्रतिक्रिया दिनुहोस्