कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट जागेश्वर गौतम हटे

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ०१


सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा.जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गौतमलाई सो जिम्मेवारी दिएको थियो।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा आएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा.गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो।

डा.गौतमलाई हटाउनु पर्ने माग राखेर वीरका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका थिए। डा.गौतमले वीरबाट आफूलाई हटाएकोमा कुनै पछुतो नरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्