भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ५३


मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैँसेमा रोकिएको प्रहरीले जनाएको छ । करिब छ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्