५० शय्याभन्दा माथिका सबै सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाइने

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ३९


स्वास्थ्य सेवा विभागले ५० शय्याभन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।

विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले सातै प्रदेशका स्वस्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन्।

महानिर्देशक डा सिंहले खोप कार्ड प्रमाणीकरणका लागि बढीमा २ जनासम्म फोकल पर्सन (मेडिकल डाक्टर) तोक्नसमेत निर्देशन दिएका छन्।

सबै अस्पतालहरुलाई खोप लगाएका व्यक्तिको खोप प्रमाणीकरण निःशुल्क गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

विभागले आगामी भदौ १ गतेदेखि विदेश जाने नागरिकहरुका लागि लागि सूचना प्रमाणीकरण अग्रिम दर्ता गराएर मात्र खोप लगाउने र अन्य नागरिकको पनि सोही व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्