जग्गा कब्जा गर्ने वैद्य माओवादीको कार्यप्रति माडी नगरपालिकाको आपत्ति

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : १३


काठमाडौं । चितवनको माडी नगरपालिकाले मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले ५० रोपनी जग्गा कब्जामा लिएको कार्यप्रति आपत्ति जनाएको छ।

नगर प्रमुख ठाकुर प्रसाद ढकालले विज्ञप्ति जारी अरुको स्वामित्वमा रहेको जग्गा कब्जा गर्ने कार्यको घोर निन्दा र भत्र्सना गरेका छन्।

हिजो सो जग्गा कब्जा गर्दै नेकपा क्रान्तिकारी माओवादी चितवनले राज्यसत्तासँग मिलेर तस्कर तथा माफियाले गरिव जनताको जग्गा कौडीको भाउमा खरिद गरेर प्लटिङ गरेको आरोप लगाएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्