उपत्यकामा बर्षा, यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : २९


काठमाडौं । काठमाडौं उपत्यकामा अहिले बर्षा भइरहेको छ।

अहिले देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा साँझ जारी बुलेटिनअनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो भने बाँकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण १७ गते (आईतबार)

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १८ गते (सोमबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १९ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन महाशाखाको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्