सांसद नभएका नेतालाई मन्त्री बनाउन लागेका छैनों : बाबुराम

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ४६


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय संसद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सांसद नभएका नेतालाई मन्त्रीलाई नलागेको स्पष्ट पारेका छन्।

अरू केही निहुँ नपाएपछि आफूहरूले सांसदै नभएका आफन्तलाई मन्त्री बनाउन खोजेको छ भनेर झुटो प्रचार गरिरहेको डा.भट्टराईले बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्,‘वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भाँड्न उद्यत तत्त्वहरूले अरू केही निहुँ नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दै छौं भन्ने झुटको बेलुन उडाउन थालेछन्, झुटको भ्रममा नपर्न सबैसँग आग्रह, आकाशतिर फर्केर कसैले नथुकोस्।’


प्रतिक्रिया दिनुहोस्