दार्चुला तुइन प्रकरणबारे एमाले : क्रुर घटनाका दोषीलाई कारवाही गर

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ३०


काठमाडौं । नेकपा एमालेले महाकाली नदीमा तुइनबाट पार गर्ने क्रममा बेपत्ता रहेका जयसिंह धामीका परिवारजनलाई क्षतिपूर्ति दिन सरकार सँग माग गरेको छ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीले विज्ञप्ति जारी गर्दै दोषीमािथ कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

‘बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसंग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ’,ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्