जिउँदै मान्छेलाई मृत घोषणा गरेको भन्दै अस्पतालमा तोडफोड

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ०४


पर्सा । वीरगन्जको जिउँदै मानिसलाई मृत घोषणा गरिएको भन्दै एक अस्पतालमा तोडफोड भएको छ।

वीरगन्जको लिंक रोडस्थित हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत महिलालाई मृत घोषणा गरेको भन्दै वीरगंज लिंक रोडस्थित भवानी तोडफोड भएको हो।

मृतकका आफन्त तथा गाउँलेले अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि आक्रमण पनि गरेका छन्।

आक्रमणमा डाक्टर, नर्स र तोडफोडका क्रममा सिसाले लागेर एक बिरामी कुरुवा घाइते भएको बताइएको छ।

अस्पताल पुगेका प्रहरी र प्रदर्शनकारीबीच समेत झडप भएको थियो। प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितरवितर पारेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस्