२५६८ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ५८


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्य काठमाडौँमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्।

नेपालमा सङ्क्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ।

हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्