अमेरिकामा नेपाली युवकको मृत्यु

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ०८


काठमाडौं । रोजगारीका लागि अमेरिकाको न्युयार्क पुगेका एक नेपाली युवकको मृत्यु भएको छ।

सुन्दर भविष्यको कल्पनामा ५ बर्ष अघि अमेरिका गएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको हो।

लम्साल अमेरिकाको न्युयोर्क स्थीत ग्रयाण्ड एभिन्युमा बस्दै आएका थिए ।

गत मङ्गलवार उनको अचानक मृत्यु भएको थियो।

घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

उनको शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्