दार्चुलाको तुइन घटनामा भारतसँग आपत्ति जनाउन सरकारसँग माओवादी केन्द्रको माग

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ४०


काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुला तुइन प्रकरणमा भारतसँग आपत्ति व्यक्त गर्न सरकारलाई आग्रह गरेको छ।

दार्चुला जिल्लाको सीमावर्ती क्षेत्र गास्कुमा सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेर वेपत्ता भएका थिए।

माओेवादीले उकत घटनामा भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ।

माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो।

शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा फुस्काइदिएपछि उनी वेपत्ता भएका हुन।

गृह मन्त्रालयले सचिवको नेतृत्वमा छानवीन समिति बनाएको छ।

भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको दावी गरेको छ।


प्रतिक्रिया दिनुहोस्